९ कार्तिक २०८३, सोमबार

छुटाछुटै घटनामा परी दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १५ भदौ । सप्तरीको छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विराटनगरबाट महोत्तरी जाँदै गरेको बा१ब ८६१६ नम्बरको मोटरसाइकलले पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सीतापुर सडकखण्डमा ठोकिँदा जिल्ला महोत्तरी मटिहानी–३ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय जीवछ परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अधिकारीले बताउनुभयो ।

दुर्घटनापछि गम्भीर घाइते परियारको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिँदै गर्दा बीच बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सप्तरीको रम्पुरा मल्हनिया गाविसमा सर्पको डसाइबाट एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रम्पुरा मल्हनिया–९ निवासी रामनारायण यादवकी १६ वर्षीया छोरी कौशिलाकुमारी यादव रहेको प्रहरीले जनाएको छ ।

तरकारीखेतमा काम गरिरहेका बुबालाई पानी दिन गएको बेला गोमन सर्पले डसेको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आजै मृत्यु भएको प्रहरीले बताएको छ । रासस