९ कार्तिक २०८३, सोमबार

नारायणी नदीमा डुबेर वृद्धको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayani Nadi Chitwanचितवन, १५ भदौ । चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अन्दाजी ६५/७० वर्षका देखिने वृद्धको नदीमा डुबेर मृत्यु भएको हो ।

सोमबार नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवा सुरज घिमिरेले पौडेर ती वृद्धालाई निकालेको र त्यसको १५ मिनेटपछि पानी निकाल्ने क्रममै उनको मृत्युभएको जानकारी देवघाटका प्रहरी हवल्दार सीताराम पौडेलले घिमिरेले दिनुभयो ।

अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ । वृद्धको सनाखत भने हुन सकेको छैन ।

नदी किनारमा रहेका वृद्धा एक्कासि डुब्न पुगेको देखेपछि आफूले पौडेर उद्धार गरिएको सुरज घिमिरेले बताउनुभयो । सुरजले यसअघि पनि डुबेका बालबालिकाको उद्धार गर्दै आएको स्थानीयवासीले बताएका छन् । रासस