९ कार्तिक २०८३, सोमबार

‘भारतीय गृहमन्त्रीले नेपालमा एक करोड भारतीय रहेको अभिव्यक्ति दिनुभएको छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajnath-singकाठमाडौँ, १४ भदौ । भारतीय राजदूतावासले भारतका गृृहमन्त्री राजनाथ सिंहले नेपालमा एक करोड भारतीय रहेको भन्ने कुनै पनि अभिव्यक्ति नदिनुभएको जनाएको छ ।

यहाँस्थित दूतावासले आज विज्ञप्ति प्रकाशन गरी गृहमन्त्री सिंहले भारत महाराजगन्ज उत्तर प्रदेशको एक कार्यक्रममा त्यस खालको अभिव्यक्ति नदिनुभएको स्पष्ट पारेको हो ।

नेपालका मधेसी समस्याको समाधान गर्न नेपाल आफँै सक्षम रहेको समेत राजदूतावासको विज्ञप्तिमा उल्लेख छ । रासस