३० आश्विन २०८३, शुक्रबार

टीकापुर प्रहरी हत्याकाण्ड: एसएसपी न्यौपानेको हत्यामा संलग्न शिक्षक नेपालगञ्जबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kailali-children-deathनेपालगन्ज, १४ भदौ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा संलग्न भएको अभियोगमा थप एक जनालाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको छ ।

एसएसपी लक्ष्मण न्यौपानेसहित नौजनाको ज्यान जाने गरि भएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले सोमबार कैलालीको टीकापुर नपा नुक्ली घर भएका ३२ वर्षीय शिक्षक रामनरेश चौधरीलाई बर्दियाको राजापुर नपा–११ बाट पक्राउ गरेको छ ।

राजापुर नपा–२ स्थित कालिका माविमा अध्यापन गराउँदै आएका चौधरी घटना भएको दिन भदौ ७ गते सोमबार टिकापुरमै थिए । प्रहरीको टोलीले उनलाई बिहान ६ बजे उनको डेराबाटै पक्राउ गरेको हो ।

रामनरेशलाई टीकापुर हत्या काण्डमा संलग्न रहेको वा नरहेकोबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रहमा पक्राउ गरिएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिनुभयो ।

रामनरेशलाई बर्दिया प्रहरीले सोमबार नै कैलालीको टीकापुरबाट आएको प्रहरीको टोलीलाई जिम्मा लगाएको एसपी परियारले बताउनुभयो । गत भदौ ७ गते सोमबार टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीक एसएसपीसहित ८ जना प्रहरी र एक डेढ वर्षीय बालकको मृत्यु भएको थियो ।