९ कार्तिक २०८३, सोमबार

खुमबहादुरद्वारा हिन्दु राष्ट्रको मागसहित राजधानीमा प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khumbahadur-khadkaकाठमाडौं, १४ भदौ । नेपाली कांग्रेसको हिन्दु राष्ट्र स्थापना महाअधियानका संयोजक खुमबहादुर खड्काले आज राजधानीमा बृहत प्रदर्शन गर्नुभएको छ ।

काठमाडौंको तिनकुनेबाट नयाँबानेश्वर संविधानसभा भवनसम्म खड्काको नेतृत्वमा र्‍याली निकालिएको हो ।

र्‍यालीका सहभागीले हिन्दुष्ट्र बनाउन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले नयाँ संविधानमा हिन्दु राष्ट्र राख्नुपर्ने भन्दै माग गरेका थिए ।

उल्लेख्य सहभागिता रहेको र्‍यालीका क्रममा पत्रकारसँग कुरागर्दै संयोजक खड्काले असीप्रतिशतभन्दा बढी हिन्दु बसोबास गर्ने मुलुकलाई विदेशीको इसारामा धर्मनिरपेक्ष बनाउन खोजेको भन्दै अपात्ति जनाउनुभयो ।

कांग्रेस नेता खड्काले मुलुकलाई हिन्दुराष्ट्र बनाउन माग गर्दै विगत लामो समयदेखि आन्दोलन गर्दै आउनुभएको छ ।