९ कार्तिक २०८३, सोमबार

मधेशी मोर्चाद्वारा एमाले पार्टी कार्यालयमा तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

umlमहोत्तरी, १४ भदौ । अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज नेकपा (एमाले) महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल र्‍याली सुरु गरी र्गाचौक, शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी तोडफोड र आगजनी गरेका हुन् ।

अनिश्चितकालीन मधेस बन्द र मधेस आन्दोलनलाई एमालेले असहयोग गरेको भन्दै तोडफोड र आगजनी गरेको मोर्चाले जनाएको छ ।