– सुशिल नेपाल
पाल्पा, १४ भदौ । हट्टा कट्टाजस्तो देखिने मुखिया । जोतेझै गरेका दुई हल गोरु । लस्करै हिँडेका रोपाहा, जोताहा तथा बाउसेहरु । असारे भाकामा गाईएको गीत । साथमा बजेको बाजागाजा । यो रौनकता थियो, सोमबार पाल्पाको सदरमुकाम तानसेनमा देखिएको रोपाईजात्राको ।
परम्परागत रुपमा मनाईने रोपाईजात्रा सोमबार मनाईएको छ । यसवर्षको रोपाईजात्रामा तानसेनमा विगतको जस्तो रौनकता भने नदेखिएन जानकारहरु बताउँछन । क्रमश रोपाईजात्राका रौनकता हराउँदै गएको उनीहरुको बुझाई छ । यसवर्ष वडा विकास समिति बराङदी ३ अर्चलेले देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानको संयोजनमा रोपाईजात्रा निकालिएको हो ।
रोपाईजात्रा पाल्पाको पुरानो संस्कृति भएकाले लोप हुन नदिन देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले प्रयास गरिरहेको अध्यक्ष मदन देउरालीले बताए । विगतका वर्षमा जस्तो पछिल्ला बर्षहरुमा यसको मौलिकता हराउँदै गएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने बेला आएको तानसेनका पुराना कलाकार ब्रहमशेखर बज्राचार्यले बताए ।




















प्रतिक्रिया