९ कार्तिक २०८३, सोमबार

नवलपरासीमा निषेधित क्षेत्र घोषणा तीन दिनका लागि बढाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Policeकावासोती, १४ भदौ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित घोषणा क्षेत्र तीन दिनका लागि थपेको छ ।

यसअघि एकसातासम्म घोषणा गरिएकै क्षेत्रमा थप तीन दिन समय थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो । यसअघिको निषेधित क्षेत्र घोषणाको समय सोमबार बेलुकी सकिँदैछ ।

पूर्व–पश्चिम लोकमार्गको भुताहादेखि सुनवलसम्मको १२ किलो क्षेत्र, यसको दायाँबायाँका ५०० मिटर क्षेत्र, भैरहवा भूमही सडकखण्डको बालगोविन्द पेट्रोलपम्पको पश्चिम मञ्जरिया चोक हँुदै रामग्राम नगरपालिकाको दक्षिण भेगबाहेक रामग्राम नगरपालिकाको सबै क्षेत्र, परासीको बुद्धचोकदेखि सुनवल चोकसम्म दायाँबायाँ ५०० मिटर क्षेत्रमा एकै ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, सम्मेलन तथा प्रदर्शन गर्न, जुलुस धर्ना गर्न नपाउने गरी निषेधित क्षेत्र थप गरिएको उहाँले जानकारी दिनुभयो ।

तीन सातादेखिको बन्दले यो क्षेत्र प्रभावित छ । मधेसी मोर्चा र थरुहट थारुवान सङ्घर्ष समिति यहाँ विरोध प्रदर्शनमा उत्रेका छन् । दाउन्ने पूर्वका बासिन्दा भने सीमाङ्कनमा चार नंको प्रदेशमा परेको खुसीयालीमा मैनबत्ती बाल्ने, स्वागत ¥याली निकाल्ने जस्ता काम गरिरहेका छन् । रासस