९ कार्तिक २०८३, सोमबार

सुरक्षाविहीन भैरहवाको ‘जेल’, जतिसुकै बेला पनि कैदी भाग्न सक्ने जोखिम (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jail-bhairhawa (2)

– नरेश केसी
भैरहवा, १४ भदौ । सुन्दा पनि अचम्म लाग्छ जेल जहाँ सुरक्षा नै छैन । तर अचम्म मान्नु पर्दैन यो यथार्थ हो । सामान्यदेखि ठूला–ठूला आपराधिक गतिविधीमा संलग्नहरुलाई राख्ने बन्दीगृहको सुरक्षा अवस्था नाजुक छ । विक्रम सम्बत १९९० सालमा स्थापना भएको भैरहवा स्थित जेलको सुरक्षा अवस्था अत्यन्तै नाजुक रहेको छ ।

क्षमता भन्दा बढी बन्दीहरु राखिएको भैरहवा जेल अर्थात कारागारको वरीपरी पर्खाल नै छैन । नेपाल प्रहरीको सईको कमाण्डमा खटिने एक दर्जन प्रहरीको जिम्मामा यहाँ करिब सवा चार सय कैदी बन्दी रहेका छन् । कारागारको वरीपरी पर्खाल नहुँदा बाह्य मानिसहरुको आवतजावतमा रोक लगाइएता पनि घरपालुवा जनावर र पंक्षीहरुको आगमनमा रोक लगाउन मुश्किल भईरहेको छ । हामी रिर्पोटिङको सिलसिलामा कारागारमा जाँदा दक्षिण तर्फबाट गाई र हाँसहरु जेल परिसरमा आईरहेका थिए । ती पशु र पंक्षीलाई रोक्ने कोही थिएन । जेलको दक्षिण तर्फ सार्वजनिक भित्री बाटो पनि छ । जहाँबाट दैनिक थरिथरीका मानिसहरु आवतजावत पनि गर्दछन् ।

प्रस्तावित संविधानमा असन्तुष्टि राख्दै विभिन्न दल तथा समुहले तराईमा अहिले प्रदर्शन गरिरहेका छन् । जसको प्रभावमा भैरहवा पनि परेको छ । बन्द हड्ताल र आन्दोलनको उच्च प्रभावको कारण सम्भावित दुघर्टनालाई रोक्न भन्दै जिल्ला प्रशासनले भैरहवामा कर्फ्यू र निषेधाज्ञा समेत लगाएको छ । यसरी दिनदिनै हुल हुज्जत र आन्दोलन भईरहेको भैरहवा क्षेत्रको एक मात्र बन्दीगृहमा सुरक्षा पर्खाल नै नहुँदा कारागार प्रशासन सशंकित भएको छ ।

भैरहवा कारागारका जेलर सुर्य बहादुर यादवले धेरैपटक सुरक्षा पर्खालको विषयमा माथिल्लो निकायमा लिखित पत्र पठाएको र अनुगमनमा आउँदा पर्खाल निर्माण आवश्यक भएको भन्दै छिट्टै बनाउने आश्वासन दिएको सम्झिदै भन्छन् “कारागार व्यवस्थापन विभागका महानिर्देशक, निर्देशक तथा संसदीय टोली आएर हेरेर गएको पनि धेरै भयो । उहाँहरुले छिट्टै पर्खाल बनाउने पनि भन्नु भएको थियो तर खै के भो के ?” जेलर यादवले सुरक्षा पर्खाल नहुँदा दिउँसो भन्दा राती झन खतरा भएको जनाए । उनले भने “दिउंसो त हामी यता उता हेरिरहेका हुन्छौं । तर रातीमा सीमित प्रहरीले के के हेर्ने ? त्यसमाथि अहिले देशको परिस्थिति यस्तो छ की कुनै हुल वा भीड आयो भने त्यसलाई रोक्न मुश्किल छ । ”

एक विगाह ७ कठ्ठा क्षेत्रफलमा फैलिएको भएता पनि सीमित बन्दि गृह हुँदा भैरहवा कारागारका कैदी बन्दीलाई आवासको समेत समस्या पर्ने गरेको छ । बन्दि गृहका मूल नाईके जोगेन्द्र कहांरका अनुसार एक सय जना बन्दी राख्न सकिने क्षमता भएको भैरहवा कारागारमा अहिले त्यसको ३ गुना बन्दी रहेका छन् ।

क्षमता भन्दा तेब्बर बन्दी हुँदा आन्तरिक रुपमा पनि सुरक्षा व्यवस्थापनमा बारम्बार समस्या निम्तिने गरेको छ । यद्यपी ०६५ साल यता भैरहवा कारागारमा कुनै उच्छृख्ङल गतिविधी भएको छैन । बन्दी मूल नाइके कहांरले दिएको जानकारी अनुसार भैरहवा कारागारका बन्दिहरु पालैपालो सुत्न बाध्य छन् । ३ वटा बन्दी गृह रहेकोमा २ वटामा पुरुष र एउटामा महिला राखिएकोछ ।

सुत्नको लागी पालो कुर्नुपर्ने अवस्था आउनु दुखदः भएको कारागारका शिक्षक संगम न्यौपाने बताउंछन् । शिक्षक न्यौपानेले भने “कैदी थुनुवाहरु राम्रो सुत्न पाएका हुदैंनन , उनीहरुको नीद पुगेको हुदैंन त्यस्तो अवस्थामा पढाएको के बुझुन् ?”

हप्तामा ८ जना औसतमा थुनुवा र कैदीको रुपमा आउने भैरहवा कारागारमा अधिकांश लागु औषधका बन्दी रहेका छन् । लागु औषधका बन्दीहरु दोहोरिएर पनि आउने गरेको कारागार प्रशासनले जनाएको छ ।

६ सय मिटर खुल्ला सिमाना रहेको कारागारको वरीपरी आवसीय बस्ती रहेकोछ । आवसीय बस्तीबाट हांस, कुखुरा, खसी बाख्रा, गाई बारम्बार कारागार परिसरमा पस्ने गर्दा समस्या निम्तिएको जेलर यादव स्वीकार्छन् । “हामीले कारागार जस्तो संवेदनशील क्षेत्रको सुरक्षाकोलागी स्थानिय निकाय र माथिल्लो निकायलाई जानकारी सहित सुरक्षा पर्खाल निर्माणको लागी पहल गर्दा पनि कुनै सुनुवाई भएको छैन ।” जेलरले दुखेसो व्यक्त गरे ।

जिल्लामा एकातिर क्षमता भन्दा तेब्बर बन्दी राखिएको छ भने अर्कोतिर महिला बन्दीहरुलाई भेडाबाख्रा जस्तै थुनेर राख्नुपरेको कारागारका एक कर्मचारी बताउंछन् । ती कर्मचारीले भने “पहिलो त यहां महिला कारागार नै छैन दोस्रो बढीमा ७ जना सम्म राख्न मिल्ने ३ नं बन्दि गृहमा २४ जना सम्म महिला बन्दी रहेका छन् । ” महिलाहरुलाई एक दुई दिन भन्दा बढी राख्ने नगरिएता पनि पुर्पक्षमा आएकालाई बाध्यतावश केही दिनकोलागी राख्नु परेको कारागार प्रशासन बताउंछ । महिला बन्दिलाई पाल्पा कारागार पठाउने गरिएको छ ।

सुरक्षा प्रतिकुलताको बाबजुद पनि भैरहवा कारागारमा अहिले २ सय ४१ जना कैदी र १ सय ६६ जना थुनुवा रहेका छन् । जसमध्ये ११÷११ जना कैदी र थुनुवा विदेशी नागरिक भएको कारागार प्रशान बताउंछ । कारागारको बन्दि गृह १ मा २ सय ७३ जना , २ नम्बर बन्दि गृहमा १ सय १० र ३ नम्बर बन्दि गृहमा २४ जना रहेका छन् । बन्दि गृहको क्षमता भन्दा मौजुदा बन्दिको संख्या तेब्बर भन्दा बढीरहेको जेलरको भनाई छ ।

यो समाचार तयार पार्ने क्रम सम्म भैरहवा कारागारमा सबैभन्दा बढी लागु औषध मुद्दाका कैदी र थुनुवागरी १ सय ७५ जना रहेका छन् भने कर्तव्य ज्यान मुद्दाका ६० जना, डाका मुद्दामा १५ जना, जिऊ मास्ने बेच्नेमा १५ जना, जबरजस्ती करणी मुद्दामा ५१ जना, चोरी मुद्दामा ३३ जना, ज्यान मार्ने उद्योगमा २ जना रहेका छन् । यसैगरी हातहतिरयार खरखजहना मुद्दामा ८ जना, सवारी ज्यानमा ८ जना, खुन डांकामा ९ जना, अपहरण तथा शरीर बन्धकमा ७ जना, बहुविवाहमा २ जना, आगजनीमा १ जना, गौबधमा २ जना, चौपाया चोरीमा १ जना, जालिनोटमा २ जना र सार्वजनिक अपराधमा ११ जना रहेको कारागार स्रोतले जनायो ।

जेलर सुर्य बहादुर यादव :
jailer surya bahadur yadavकरिब ६ सय मिटर खुल्ला छ । मैले बारम्बार यहांको वस्तु स्थितीको बारेमा माथिल्लो निकायमा जानकारी गराएको छु । गृह मन्त्रालय कारागार व्यवस्थापन विभागका महानिर्देशक, निर्देशक, संसदीय टोली र अन्य विभिन्न अधिकारवादी टोलीले पनि भैरहवा कारागारको बस्तुस्थितीको बारेमा लिखित प्रतिवेदन बनाई सुरक्षा पर्खाल अत्यन्तै आवश्यक भएको जनाएका छन् । कागजमा धेरै पटक आवश्यक बोध गर्दै तत्काल निर्माण गर्ने भनियो तर व्यवहारतः भएन । सुरक्षा पर्खाल नहुदां धेरै समस्या छ । तराईमा यस्तो आन्दोलन चलिरहेको छ । कोही राजनीतिक भीड वा समुह आएर कारागार भित्र पस्यो भने हामीले ठूलो क्षति व्यहोनुपर्ने अवस्था आउँछ । राज्यले र सम्बन्धित निकायले सुरक्षा पर्खाल निर्माणमा विशेष ध्यान दिनु जरुरी देखेको छु ।

jail-bhairhawa (1)  jail-bhairhawa (3) jail-bhairhawa (4)