९ कार्तिक २०८३, सोमबार

वीरगञ्जमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप, ८ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Band (1)
फइल तस्वीर

बीरगञ्ज, १४ भदौ । पर्साको वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

वीरगञ्जको नगवाचोक क्षेत्रमा भएको झडपमा ८ जना घाइते भएका छन् । झडपमा घाइतेहरुहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।

झडपपछि वीरगञ्ज तनावग्रस्त बनेको छ । झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउण्ड हवाइ फायर समेत गरेको छ । नगवा चोकमा पर्ने सडकखण्डमा मोर्चाका कार्यकर्ताहरुले अबरुद्ध पारेर विरोध प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेको छ ।