९ कार्तिक २०८३, सोमबार

बच्चा जन्माउन नसक्दा २७ वर्षीय महिलाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pregant-womenपथरी (मोरङ), १३ भदौ । सुत्केरी व्यथा लागेर उदयपुरबाट नोवेल कलेज विराटनगर ल्याइएकी एक गर्भवतीको बच्चा जन्माउन नसकेको कारण ज्यान गएको छ ।

उदयपुरको बेलटार–२ बाट गत शुक्रबार सुत्केरी व्याथा लागेर विराटनगरको नोबेल अस्पताल ल्याइएकी २७ वर्षीय कल्पना सुवेदीको अस्पतालले समयमा नै शल्यक्रिया नगरिदिँदा ज्यान गएको मृतकका श्रीमान् बच्चु सुवेदीले अरोप लगाउनुभयो ।

विभिन्न समयमा हुने यस्ता घटनाले नोबेल मेडिकल कलेजप्रतिको विश्वास घटेको मृतकका आफन्तले आरोप लगाएको छन् ।

उनीहरुले क्षतिपूर्तिको समेत माग गरेका छन् । नोवेल अस्पतालकी डा सरला लामिछानेले डाक्टरले लापरवाही नगरेको बताउनुभएको छ ।

डा लामिछानेले महिलाको पेटमा भएको पानीको फोका फुटेर मुटुमा पुगेपछि ज्यान गएको बताउनुभयो । रासस