९ कार्तिक २०८३, सोमबार

काठमाडौं आएर भारतीय अपराधीले यसरी गरे नेपालीको अपहरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rudraकाठमाडौं, १३ भदौ । पछिल्लो समय अपराधीको संरक्षणको केन्द्रविन्दु बन्दै गइरहेको नेपालमा भारतीय अपराधीले अपराधिक क्रियाकलाप गर्न थालेका छन् ।

भारतबाट राजधानी काठमाडौं आएर भारतीय अपराधीले नेपाली युवाहरुको फिरौती माग्दै आएका हुन् । भर्खरै महानगरीय प्रहरी परिसर ललितपुरले नेपालीको अपहरणमा संलग्न भारतीय अपराधीलाई समातेपछि रहस्य बाहिर आएको हो ।

प्रहरी परिसरको एक टोलीले नेपालीको अपहरणमा संलग्न भारतीय नागरिक रुद्र भन्ने रबि वेलडिया तुलसी भाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । रुद्रले दुई नेपाली युवालाई अपहरण गरी ३ लाख २० हजार रुपैयाँ फिरौती लिएका थिए । फिरौती लिएर अपहरणमा परेका कैलालीका ३२ वर्षीय महेश पटेल र काका वालु पटेल समेतलाई छाडेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी दयानिधी ज्ञवालीले बताए ।

यस्तो छ घटना विवरण :

भारत गुजरात सुरत १ घर भई हाल कैलाली धनगढी न.पा. वडा नं. ७ क्याम्पसरोड देवरीया बस्ने वर्ष ३२ को महेश पटेल र निजको काका वालु पटेल समेतलाई भारत गुजरात घर भई ललितपुर जिल्ला महालक्ष्मी न.पा.१६ ईमाडोल डेरा गरी बस्ने रुद्र भन्ने रबि बेलडिया तुलसी भाई नाम गरेको व्यक्ति समेत ४(चार) जनाले मिति २०७१।१२।१० गते नेपालगञ्जमा कामको सिलसिलामा भेट हुँदा महेश पटेलको भारतिय लाईसेन्स नबिकरण गर्नु पर्ने बिषयमा कुराकानी हुँदा निज रुद्र भन्ने रबि बेलडिया तुलसी भाई नाम गरेको व्यक्तिले भारतिय राजदुताबासमा हामीले चिनेका व्यक्तिहरु छन् काम सजिलै गर्न सकिन्छ भनि बिश्वास देखाई सो बिश्वासमा परी निज महेश पटेल मिति २०७१।१२।१३ गते काठमाण्डौ गोंगवु बसपार्कमा आई पुग्दा निज रुद्र भन्ने रबि बेलडिया तुलसी भाई नाम गरेको व्यक्ति समेतले ट्याक्सीमा राखी आफ्नोे डेराकोठामा लगी मिति २०७१।१२।१५ गतेसम्म बन्धक बनाई फिरौती रकम नगद रु.३,२०,०००।– लिए पश्चात् निज महेश पटेल तथा वालु पटेललाई अपहरण मुक्त गरेको घटना सम्बन्धमा अनुसन्धानको क्रममा निजलाई मिति २०७२।०५।१० गते काठमाण्डौ कलंकीबाट पक्राउ गरी ललितपुर जिल्ला अदालतवाट अपहरण तथा शरिर बन्धक मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान भई रहेको ।