९ कार्तिक २०८३, सोमबार

बिराटनगरमा सुतली बम विष्फोट, तीन जना घाइते, सर्वसाधारणको भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bom-bisfot– सुमन घिमिरे
मोरङ, १३ भदौ । विराटनगरको व्यस्त मानिने महेन्द्र चौक नजिकै रहेको एसलाल एण्ड सन्स पेट्रोल पम्पमा बम विष्फोट भएको छ । आईतबार साँझ करिब ७ बजे भएको सुतली बम विष्फोटमा परि तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा बिराटनगर १३ का २४ बर्षीय निरज साहको दाहिने हातको कुम नजिकै चोट लागेको र कोशी अञ्चल अस्पतालमा उपचार भई रहेको छ । अर्का घाइते विराटनगर १५ का तपेस दास आँखा छेउमा चोट लागेको छ भने अनुहारमा समेत पोलेको छ । उनको विराट आँखा अस्पतालमा उपचार भई रहेको छ । पेट्रोलपम्पमा भएको बम प्रहारबाट तेल भर्न आएका विराटनगर ४ का ३४ वर्षीय अजय पाण्डे घाइते भएका छन् ।

उनको मोरङ सहकारी अस्पतालमा उपचार भइरहेको छ । बम बिष्फोटबारे अनुसन्धान भईरहेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालले बताए । बन्दको कारण दिनभर खुल्न नसकेको पेट्रोल पम्पमा साँझ खुलेसंगै भीड भएको अबस्थामा सुतली बम विष्फोट भएको हो । बम विस्फोट हुँदा एकछिन सर्वसाधारणको भागाभाग भएको थियो ।

बम विष्फोटको जिम्मा कसैले नलिएपनि आन्दोलनकारीकै हात रहेको हुन सक्ने प्रहरी स्रोतको दाबी छ । विराटनगरमा केही दिनको फरकमा आज सहित चार पटक सुतली बम विष्फोट भई सकेको छ ।