२१ कार्तिक २०८३, शनिबार

विदेश जाने नेपालीलाई स्वेदशमै रोजगारी दिन मन्त्री पण्डितको विशेष योजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lal-babu-pandit-titanheraldकाठमाडौं, १३ भदौ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले सुरु गरेको डिभी र पिआर लिने कर्मचारीविरुद्धको अभियानको विरोध गर्नेहरु नेपाली हुनै नसक्ने बताउनुभएको छ ।

दिनेशकुमार पोखरेलको ‘सुशासनका लागि विद्युतीय अवधारणा’ पुस्तकको आज विमोचन गर्दै मन्त्री पण्डितले आफूले अघि सारेको योजना सफल भए आगामी १० वर्षपछि कोही पनि नेपाली रोजगारीको लागि विदेशिन नपर्ने बताउनुभयो ।

‘मैले अघि सारेको योजना सफल भए आगामी १० वर्षपछि कोही पनि नेपाली रोजगारीको लागि विदेशिनु पर्दैन् । यो योजना सफल पार्न आम नेपाली दाजुभाई दिदीवहिनीको सहयोग र समर्थन चाहिन्छ ।’ 

मन्त्री पण्डितले आफू कर्मचारीको सरुवा, बढुवा र कामलाई स्पष्ट देखाउने सफ्टवेयर निर्माणमा लागेको जानकारी दिँदै त्यो लागू भएपछि सरुवा बढुवाका लागि नियमविपरीत कसैको दबाबमा पनि काम नहुने र विकासको लागि ‘ईगभर्नेन्स’ अतिआवश्यक भइसकेकाले पोखरेलको पुस्तक यो क्षेत्रका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रासस