९ कार्तिक २०८३, सोमबार

अन्तर्राष्ट्रिय वेपत्ताबिरुद्धको दिवस मनाईयो, तथ्यांकको दुरी भने फराकिलो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bepatta– नरी बडु
बैतडी, १३ भदौ । २३औं अन्तर्राष्ट्रिय वेपत्ताबिरुद्धको दिवस बैतडीमा मनाईएको छ । द्वन्द्वकालमा अपहरण तथा अन्य कुनै कारणले वेपत्ता पारिएकाहरुको सम्झना स्वरुप तिनीहरुका परिवारलाई सान्तवना दिने उद्देश्यले वेपत्ता दिवस मनाईएको हो ।

नेपाल रेडक्रस सोसाईटी अन्र्तगत काम गर्ते आइसीआरले बैतडीमा बेपत्ता भएकाको संख्या ९ जना रहेको सार्वजनिक गरेको भएपनि स्थानिय शान्ति समितिले सार्वजनिक गरेको तथ्याङ्क धेरै फराकिलो छ ।

स्थानिय शान्ति समितिले जिल्लामा ६५ जना वेपत्ता भएका व्यक्तिहरु रहेको र तिनीहरुमध्ये २५ जनाले राहात समेत पाईसकेको शान्ति समितीका संयोजक मान बहादुर गुरुङले बताए ।

यस्तै मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्था इन्सेकको तथ्याङ्कमा पनि एकरुपता पाईएको छैन् । आइसीआरले पीडितको घरमै गई सुक्ष्म अध्यन गरेर मात्रै वेपत्ताको संख्या सार्वजनिक गर्ने भएकाले जिल्लामा ९ जना मात्रै सार्वजनिक भएको हुनसक्ने रेडक्रस बैतडीले जनाएको छ ।

अहिले नेपाल रेडक्रस अन्तर्गत आइसीआरले गरेको अध्यनअनुसार वेपत्ता भनिएका ९ जनाका परिवारहरुको लागि हातेमालो कार्यक्रमपनि सञ्चालनमा रहेको कार्यक्रमका संयोजक टेकेन्द्र खड्काले बताए । खड्काका अनुसार उक्त कार्यक्रमले वेपत्ता भएका परिवारहको विचलित मनलाई सान्तवना दिन विभिन्न किसिमका सीपमुलक तालिम, व्यवसायिक विकास एवम् अन्य कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

आज मनाईएको अन्तराष्ट्रिय वेपत्ता विरुद्धको अवसरमा बोल्ने अधिकांश वक्ताहरुले वेपत्ताको तथ्याङ्कका देखिएको फराकिलोपनलाई कम गरी विश्वासको वातावरण सिर्जना गर्न सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।