काठमाडौं, १३ भदौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संविधान निर्माण र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
कांग्रेसले आज विज्ञप्ति जारी गरेर भदौ १५ गते मंगलबार कार्यसमितिको बैठक बोलाएको हो । बैठक बिहान ८ बजे संविधानसभा भवन, नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने छ ।
बैठकमा कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक लामो समयपछि बस्न लागेको हो । बैठकमा १३ औँ महाधिवेशनका विषयमा पनि छलफल हुनेछ ।
स्रोतका अनुसार सभासद अमरेशकुमार सिंहका राष्ट्रियता र साम्प्रदायिकताविरोधी अभिव्यक्तिका विषयमा समेत छलफल हुनेछ ।












प्रतिक्रिया