१ कार्तिक २०८३, शनिबार

सुनको भाउ अहिलेसम्मकै सस्तो, तोलाको २७ हजार !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldनयाँदिल्ली, १३ भदौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएसँगै स्थानीय बजारमा पनि सुनको भाउ घटेको छ । भारतको राजधानीस्थित दिल्ली सर्राफा बजारका अनुसार बजारमा सुनको मागमा कमी आएकाले सुनको भाउ १० महिनायताकै सस्तो भएको हो ।

दिल्ली सर्राफा बजारमा सुनमा १० महिना र चाँदीमा ६ महिनायताकै सबैभन्दा बढी गिरावट आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ मूल्य अनुसार सुन प्रतितोला २६ हजार ७०० भारतीय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदी किलोको ३४ हजार ८०० भारतीय रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन किलोमा २५.१ डलरले घट्दै ११३३.३० डलर कायम भएको छ । यो यस हप्ताको सबैभन्दा बढी र यो वर्षको तेस्रो सबैभन्दा बढी साप्ताहिक गिरावट हो । बजार विश्लेषकका अनुसार सप्ताहिक बजारमा उतारचढाव हुनु र अमेरिकी फेडरल रिजर्व बैंकद्वारा ब्याजदर बढाउने सम्भावनाले सुनको भाउ कमजोर भएको हो ।