९ कार्तिक २०८३, सोमबार

अब त्रिभुवन विश्वविद्यालयका कक्षाकोठा आधुनिक बन्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-Central-Office-Building-Kirtipurकाठमाडौँ, १३ भदौ । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा तीर्थराज खनियाँले कक्षाकोठाको स्वरुप बदल्ने र शिक्षण क्रियाकलापमा परिवर्तन ल्याउने बताउनुभएको छ ।

उपकुलपति खनियाँसँग आज शिक्षा पत्रकार समुहले यहाँ गरेको अन्तक्र्रियामा उहाँले पुरानो पढाइ शैलीले अहिलेको विश्वव्यापी शिक्षासँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आफूले सहभागितामूलक र अन्तक्र्रियात्मक अध्यापन शैली स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कक्षाकोठामा नजानेका कुरा पुनः सोध्न ‘ट्युटोरियल’ (सहायक कक्षा) सञ्चालन हुनुपर्नेमा जोड दिँदै उपकुलपति खनियाँले प्राध्यापकसँग विश्वविद्यालयले लिएको समयको सदुपयोग पनि यही कक्षाबाट गर्न सकिने बताउनुभयो । “प्राध्यापकले कक्षामा पढाएपछि उनीहरुको काम सकिँदैन, विद्यार्थीले पछि खाली समयमा पनि सोध्न सक्ने वातावरण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

शिक्षा क्षेत्रमा देखिएको बेथितिका कारण शिक्षा नीति नहुनु हो भन्दै उहाँले शिक्षाका कार्यक्रममात्र लागू हुने तर नीतिमा ध्यान दिन नसक्दा शिक्षामा सुधार हुन नसकेको बताउनुभयो । रासस