काठमाडौं, १३ भदौ । पछिल्लो समय नेकपा एमालेमा नेता कार्यकर्ता प्रवेश गर्ने क्रम चलिरहेको छ । विशेषगरी पतनको संघारमा रहेको एमाओवादी र सत्तारुढ कांग्रेसबाट पनि केही नेतासहित सयौं कार्यकर्ता एमालेमा प्रवेश गरिसकेका छन् ।
यसैक्रममा आइतबार युवा संघ नेपाल भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी छाडेर ११० नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । कांग्रेस, एमाओवादी छाडेका नेता कार्यकर्तालाई उद्योगमन्त्री महेश बस्नेतले टीका र खादा लगाएर एमालेमा स्वागत गर्नुभयो ।
उद्योगमन्त्री बस्नेतका पीए रोशन बस्नेतले दिएको जानकारी अनुसार कांग्रेस एमाओवादी र राप्रपा नेपालबाट जिल्ला नेतासहित कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा युवा सङ्घकी केन्द्रीय अध्यक्ष निरु पालले देशमा भइरहेका गलत क्रियाकलापको भण्डाफोर गर्न देशभरका युवा एक हुनुपर्नेमा जोड दिनुभयो ।












प्रतिक्रिया