२१ कार्तिक २०८३, शनिबार

नेपालमा आजमात्रै भूकम्पका दुई धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-dristicकाठमाडौँ, १३ भदौ । आज बिहान धादिङ र दोलखामा ‘गोरखा भूकम्प’का दुई परकम्प गएका छन् ।

बिहान ३ बजेर ९ मिनेट जाँदा धादिङको नीलकण्ठ नगरपालिका आसपास केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केल र ८ बजेर २६ मिनेट जाँदा दोलखाको जुगु आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वैशाख १२ गतेको गोरखा भूकम्पपछि आजसम्ममा तीन सय ८६ परकम्प गइसकेको केन्द्रको वेबसाइटमा जनाइएको छ । रासस