२१ कार्तिक २०८३, शनिबार

संविधानको पहिलो विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sambidhanकाठमाडौं, १३ भदौ । नयाँ संविधानका विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिने भएको छ ।

सैद्धान्तिक छलफल सक्किएपछि विधेयकमा संशोधन प्रस्तावका लागि समय दिइने संसद सचिवालयले जनाएको छ ।

मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले पेश गर्नुभएको संविधानको विधेयकमाथि धारणा राख्न चार सय बढी सभासदले नाम टिपाएका थिए ।

साढे एघार बजेपछि बस्ने संविधानसभाको आजको बैठकमा बोल्न बाँकी सभासदहरूले सैद्धान्तिक छलफलमाथि आआफ्नो धारणा राखेपछि बैठक सक्किनेछ ।

त्यसपछि विधेयकमा संशोधन प्रस्तावका लागि सभासदहरूलाई समय दिइनेछ ।