९ कार्तिक २०८३, सोमबार

तीन गाविस पूर्ण खोपयुक्त घोषित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mustang 7मुस्ताङ, १३ भदौ । जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले तीन गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेको छ ।

जन्मेदेखि २३ महिना उमेर समूहभित्रका बालबालिकाले लगाउनुपर्ने सबै प्रकारका खोपको मात्रा पूरा गरेपछि कुञ्जो, टुकुचे र मार्फा गाविसलाई शनिबार पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

पूर्ण खोपयुक्त गाविस घोषणका लागि १० प्रकारका रोगविरुद्ध अनिवार्य रुपमा खोप लगाएको हुनुपर्छ ।

टुकुचेमा २७, कुञ्जोमा २० र मार्फामा ३६ बालबालिका रहेको र उनीहरुले अनिवार्य रुपमा खोप लगाएको पाइएपछि ती गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर बद्री आचार्यले जानकारी दिनुभयो ।

१६ गाविस रहेको जिल्लामा १३ गाविसमा खोप अभियानलाई तीव्र गति दिइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस