३० आश्विन २०८३, शुक्रबार

आश्मा र सन्तोषले जिते अण्डर एसएलसी डान्स कम्पिटिसन उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Under-slc-dance (1)

– डम्मर राज भट्ट
महेन्द्रनगर । कञ्चनपुरमा जारी अण्डर एसएलसी डान्स कम्पिटिसन २०१५ को उपाधि आश्मा पाण्डेय र सन्तोष महराले जितेका छन् ।

शनिबार सदरमुकाम महेन्द्रनगरस्थित बक्सिङ्ग प्रशिक्षण केन्द्रको भवनमा आयोजित फाइनल राउण्डमा १५ प्रतिस्पर्धीलाई उछिन्दै छात्रातर्फ आश्मा र छात्रतर्फ सन्तोषले उपाधि हात पारेका हुन् ।

दुबै जनाले ट्रफीसहित नगद १०/१० हजार पुरस्कार हात पारेका छन् । यसैगरी प्रतियोगितामा छात्रातर्फ जश्मिम जोशी र छात्रतर्फ आयुश खडायतले दोस्रो स्थान हात पारेका छन् । उनी दुबैले प्रमाणपत्र सहित ५/५ हजार पुरस्कार पाएका छन् ।

Under-slc-dance (2)छात्रातर्फ बंशिका खरेल र छात्रर्फत प्रविण विष्टले तेस्रो स्थान हासिल गरी एक/एक थान बर्ड मोबाइलको सेट हात पारेका छन् ।प्रतियोगिताको आयोजक संस्था सुदूरपश्चिम कला सगंम मञ्चका अध्यक्ष करन पालले बालबालिकाको प्रतिभा उजागर गर्न साउन १९ गतेदेखि जिल्लाका विभिन्न क्षेत्रबाट प्रतियोगी छनौट गरी सहभागी गराइएको बताए ।

विभिन्न क्षेत्रबाट छनौट गरिएका ६२ जनामध्ये १५ जनाबीच प्रतिस्पर्धा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुरका प्रहरी प्रमुख एसपी किशोर कुमार दाहाल र भगतपुरस्थित हनुमानध्वज गुल्मका सेनानी बिष्णू थापा विशिष्ठ अतिथि थिए ।