२१ कार्तिक २०८३, शनिबार

सङ्घीयता जनताको चाहना हैन : नेता केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitra-bahadur-kc1 (1)भक्तपुर, १२ भदौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीको नक्कल गरेर सङ्घीयतामा जानाले हालको परिणाम आएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब भक्तपुरले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले सङ्घीयता जनताको चाहना हैन, एक सय २५ जातलाई दुई चार वटा राज्य दिएर पुग्छ र भनी व्यङ्ग्य गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का सभासद् कृपाराम रानाले टीकापुर घटना थारूहरुको मात्र नभएर नेपालमा सद्भाव भड्काउन चाहनेहरुको भएको आरोप लगाउनुभयो भने एकीकृत नेकपा (माओवादी)का सभासद् महेन्द्रबहादुर शाहीले ‘संविधानसभा बहुरङ्गी भएका कारण’ सबैको चाहना पूरा हुन नसक्ने बताउनुभयो । रासस