३० आश्विन २०८३, शुक्रबार

धुर्मुस र सुन्तलीले भने- ‘सरकार ! हामी हरेक अभियानमा साथ दिन तयार छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhrums-suntaliबनेपा । पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलले काभ्रेपलाञ्चोकमा स्थापना भएको धुर्मुस-सुन्तली एकीकृत नमुना बस्तीबारे जानकारी लिनुभएको छ ।

पाँचखाल नगरपालिका–१६ मा रहेको सो बस्तीको अवधारणा, ढाँचा, बनावट र निर्माण सामग्री आदिबारे जानकारी लिँदै उहाँले भौगोलिक बनावटका आधारमा सो नमुना एकीकृत बस्ती बसाउने क्रममा प्रयोग गर्न सकिने बताउनुभयो ।

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले आफ्नो नमुना सरकारले लागू गरे सफलता हुने बताउनुभयो । कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले सरकारका हरेक अभियानमा साथ दिन आफूहरु तयार भएको बताउनुभयो ।

dharmus-suntali
धुर्मुस सुन्तलीले दुई महिना खटेर भूकम्पपीडितका लागि बनाइदिएको बस्ती

सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै ‘मेरी बास्सै’ र ‘भद्रगोल’का कलाकार र ‘सगुनडटकम’का टोलीले पाँचखाल पहरी गाउँमा एकीकृत नमुना बस्ती बसाएको थियो । पहरीगाउँमा एकै थरिका घरभित्र शौचालय भएको बगैँचासहितको तीनकोठे २० पक्की घर छन् । प्रत्येक घरका लागि खानेपानी, धारा र बस्तीमा पाँच बायोग्यास प्लान्ट जडान गरी सबै घरमा व्यवस्थित गरिएको छ । घरमा डिसहोमसमेत जडान गरिएको छ । रासस