३० आश्विन २०८३, शुक्रबार

कांग्रेसका एक दर्जन नेता जुवा खेल्दाखेल्दै होटलबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, १२ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसका एक दर्जन नेता जुवा खालबाट रंगेहात समातिएका छन् ।

कांग्रेस केन्द्रिय सदस्य तथा सभासद अर्जुन प्रसाद जोशीका भाई तथा स्थानीय नेता युबराज जोशीको समूह मोटो रकमसहित जुवाको खालबाट पक्राउ परेको हो ।  कुश्माको लोकतान्त्रिक चौकमा रहेको माइती जक्सन होटलमा दैनिक जसो जुवाको खाल चल्ने गरेको सूचनाको आधारमा प्रहरीले दिउँसो छापा मारी नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली कांग्रेसका जिल्ला नेताहरु युबराज जोशी, बिद्धवान गुरुंग, कार्यकर्ता रामकृष्ण मल्ल, सुबर्ण अर्याल, सागर गिरी लगायत छन ।

केहि समय मात्र अघि पर्वत सरुवा भै आउनुभएका डीएसपी गंगा पन्तको सक्रियताले यतिबेला पर्वतमा चर्चा पाएको छ । युबराज जोशी पकाउ परे लगत्तै स्थानीय कांग्रेस कार्यकर्ता उनलाई छुटाउन जिल्ला प्रहरी कार्यालय पुगेका छन । प्रहरीको यस प्रकारको कार्यको सर्बसाधारण ले खुलेरै प्रशंसा गरेका छन ।