३० आश्विन २०८३, शुक्रबार

मुना थापाले मलेसियामा नचाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

muna-thapaमलेसिया । लोकदोहोरी गायिका मुना थापा मगरले यसपालीको तीज मलेसियाका नेपाली माझ मनाउने भएकी छ्न ।

मलेसियाको क्लाङमा सेक्टेम्बर १६ मा थापाले एक सागितिक कार्यक्रमकाबीच तीज पर्व मनाउन लागेकी हुन । थापाको तीज मनाउने चाजो पाजो भने मलेसियामा सक्रीय रहेका प्रवासी कलाकार को समूह प्रीयसी सास्कृतिक समूह ले मिलाउने भएको छ ।

मलेसियामा रहेका कलाकारहरु राजेन्द्र पुरी को अगुवाइमा हालै संगठित भएका हुन । सो समूहले तीजको अबसरमा नेपाली दिदी बहिनीलाई गायिका थापा तीजका गीत गाएर नचाउने भएकी हुन ।

कार्यक्रम संयोजक उमेश पुर्बेली का अनुसार केलाङ को सन्तोसाको एनएसके मार्केट रहेको हलमा हुने सो सागितिक कार्यक्रममा प्रवासी कलाकारले समेत आफ्नो प्रस्तुती दिने भएका छ्न ।

मलेसियाका हरेक सागितिक स्टेजमा आफ्नो प्रस्तुती दिदै आएका गायक जनक रुचाल, रमेश बानिया आइदिप प्रधान र लोक गायक दुर्गा रोक्काले आफ्नो प्रस्तुती दिने भएका छ्न । रुचाल पछिल्लो समय मलेसियाका नेपाली माझ लोकप्रीय बन्दै आएका छ्न ।

सो कार्यक्रममा प्रवासी कलाकारहरु जस्मा लीम्बु, जानुका मोक्तान, राजु श्रेष्ठ, स्वेता श्रेष्ठ नृत्य प्रस्तुती रहने मिडिया संयोजक अर्जुन काफ्ले ले बताए ।