९ कार्तिक २०८३, सोमबार

बाबुरामले भने-‘साहित्यकार र कलाकारले कुनै एक पार्टीको मात्र झण्डा बोक्नुहुँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhaकाठमाडौं, १२ भदौ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज यहाँ तीन फरक कृतिको विमोचन गर्नुभयो ।

साहित्यकार हरिहर खनालद्वारा लिखित ‘युद्धको पीडा’ कथासङ्ग्रह र ‘आगन्तुक’ अनुदित उपन्यास तथा माणिकरत्न शाक्यद्वारा लिखित हास्यकृति ‘अर्को झ्याइँकुटी’ विमोचन भएको हो । भुँडीपुराण प्रकाशन बागबजारले उक्त कृतिको प्रकाशन गरेको हो । अनुदित उपन्यासका मूल लेखक फ्रान्सेली अल्बेयर कामु हुन् ।

सो अवसरमा एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले साहित्यकार र कलाकार कुनै दलविशेषको नभई राष्ट्रको व्यक्ति बन्नुपर्ने सुझाव दिनुभयो । साहित्यकार प्रदीप नेपाल, नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र प्रकाशनका निर्देशक केशव पराजुलीले पनि बोल्नुभएको थियो ।
ती कृतिको प्रा डा दयाराम श्रेष्ठ, डा सुधा त्रिपाठी र मनोज गजुरेलले समीक्षा गर्नुभएको थियो । लेखक खनालको उक्त कृति दशौँ र शाक्यको दोस्रो हो । रासस