काठमाडौँ, १२ भदौ । उन्नाइस वर्षमुनिको पहिलो साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि अहिले नेपालले भारतसँग खेलिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो साढे तीन बजेबाट सुरु भएको खेलमा नेपालले भारतविरुद्ध एक गोलको अग्रता लिएको थियो तर, खेलको अन्तिम समयमा भारतविरुद्ध लिएको एक गोलको अग्रता अन्तिम समयमा गुमाएको छ ।
नेपालका लागि खेलको ३०औं मिनेटमा तेज तामाङले गरेको गोलमार्फत नेपालले अग्रता लिएको हो । कर्नरमा आएको बलमा अनन्त तामाङले गरेको हेड भारतीय गोलरक्षकले रोकेका थिए । तर, बाउन्स भएको बलमा तेज तामाङले गोल गरेका हुन् ।
यसअघि नेपालका अञ्जन विष्टको सुटलाई भारतीय गोल रक्षकले मुस्किलले बचाएका थिए । तर खेलको अन्तिम समय ८७औं मिनेटमा भारतले पेनाल्टीमा गोल गरेको छ र, खेलमा बराबरी भएको छ ।
















प्रतिक्रिया