९ कार्तिक २०८३, सोमबार

शान्तिडाँडाको भीरबाट लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १२ भदौ । इलामको शान्तिडाँडामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

साङ्रुम्वा–७ घर भएका ४८ वर्षीय कमलबहादुर राई शान्तिडाँडा–३ स्थित आफन्तको घर पुगेर फर्कने क्रममा शुक्रबार राति ११ बजे भीरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलबारेले जनाएको छ ।

राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याउने क्रममा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो ।