काठमाडौं, १२ भदौ । सिन्धुपाल्चोक जिल्लाका नेकपा (एमाले), एकीकृत माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
तीन वटा दलबाट ३ सय ७५ जना नेता तथा कार्यकर्ता विना शर्त कांग्रेसमा प्रवेश गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस केन्द्रीय कार्यालय ललितपुरमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नवप्रवेशी अन्य पार्टीका नेता एवं कार्यकर्ताहरूलाई पार्टीको साधारण सदस्यता प्रदान गर्नु भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका महाधिवेशन प्रतिनिधि एवं समानुपातिक तर्फबाट उम्मेदवार रहनु भएका नोर्वु वाङ्गेल लामाको नेतृत्वमा १५० जना, समानुपातिक उम्मेदवार कर्म ढुण्डुप लामाको नेतृत्वमा ५० जना, कर्माध्याच्चो लामाको नेतृत्वमा ३० जना, इन्द्रबहादुर लामाको नेतृत्वमा २० जना र चन्द्रबहादुर लामाको नेतृत्वमा १५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यसैगरी प्रवेश गर्नेहरूमा एमाओवादीका बयानबहादुर घिसिङ्गको नेतृत्वमा ५० जना र सिंह बहादुर लामाको नेतृत्वमा ३० जना, नेकपा (एमाले) का डम्बरबहादुर श्रेष्ठको नेतृत्वमा ३० जना रहेका छन् ।















प्रतिक्रिया