९ कार्तिक २०८३, सोमबार

श्रीमानलाई साढे दुई वर्ष र कान्छी श्रीमतीलाई एक वर्ष कैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailदमौली, १२ भदौ । तनहुँ जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा तनहुँको भीमाद–१ का रविन्द्र श्रेष्ठलाई दुई वर्ष छ महिना कैद र २५ हजार जरिवानाको फैसला सुनाएको छ ।

त्यसै गरी अदालतले कान्छी श्रीमती शोभालाई एक वर्ष कैद र १० हजार जरिवानाको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश कृष्णप्रसाद पौडेलको इजलासले शुक्रबार उक्त फैसला सुनाएको अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीले बताउनुभयो ।

घरमा जेठी श्रीमती २२ वर्षीया ललिता हुँदाहुँदै कान्छी श्रीमतीको रुपमा शोभालाई भित्र्याएपछि ललिताले उनीहरूविरुद्ध दर्ता गरेको बहुविवाहसम्बन्धी मुद्दामा सो फैसला भएको हो ।