१ कार्तिक २०८३, शनिबार

आईएमई लिमिटेड र नेपाल बंगलादेश बैंक वीच रेमिट्यान्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

imeकाठमाडौं, ११ भदौ । आईएमई लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेड बीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ ।

आईएमई लिमिटेडको तर्फबाट संजाल प्रवद्र्धन प्रमुख एवम् प्रबन्धक रुद्रराज पौडेल र नेपाल बंगलादेश लिमिटेडको तर्फबाट उप–महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठले आज सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार आईएमईका सेवाग्राहीले आईएमईको विश्वव्यापी संजालबाट आप्रवाह हुने विप्रेषण नेपाल बंगलादेश बैंक लिमिटेडका ३१ शाखामार्फत् भुक्तानी लिन एवम् सिधै बैंकको खातामा जम्मा गर्न सक्नुका साथै ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा संचालित आन्तरिक विप्रेषण सेवा समेत प्राप्त गर्न सक्नेछन् ।

महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) सम्मान २०१४ प्राप्त नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईले सेवा शुभारम्भको १४ औँ वर्षसम्ममा नेपाल अधिराज्यका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ३,५०० भन्दा बढी एजेन्ट÷सब–एजेन्ट, १३५ आईएमई सेन्टर र विभिन्न बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।