वीरगन्ज, ११ भदौ । बिहीबार राति परेको अविरल वर्षाका कारण घरको छतमा जमेको पानी निकास नहुँदा आज बिहान छत सफा गर्ने क्रममा खम्बाको तारबाट विद्युत् प्रवाह हुँदा आज यहाँ आमाछोरा दुवैको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वीरगन्ज उपमहानगरपालिका–९ रामटोलका ४० वर्षीया आमा सुनितादेवी सुल्तानिया र उनका १७ वर्षीय छोरा हर्षित रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
करेन्ट लागेर सख्त घाइते भएका छोरा छटपटाइरहेका अवस्थामा देखेपछि आमा सुनितादेवीले बचाउन जाँदा उनलाई पनि करेन्ट लागेको थियो ।
गम्भीर घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लाने क्रममा बाटामै मृत्यु भएको मृतक सुनितादेवीका श्रीमान् श्रवणले बताउनुभयो ।
यसैबीच विषालु सर्पको डसाइबाट आज पर्सा मनियारी गाविस–९ स्थायी घर भई हाल वीरगन्ज उपमहानगरपालिका–२५ मा बस्दै आउनुभएकी शान्तिदेवीको मृत्यु भएको छ । रासस















प्रतिक्रिया