३० आश्विन २०८३, शुक्रबार

पूर्वमन्त्रीसहित दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Building-Bhukampa3काठमाडौँ, ११ भदौ । समाजवादी जनता पार्टीका महासचिव तथा पूर्वमन्त्री कृष्णबहादुर शाही आज नेकपा (एमाले)मा फर्कनुभएको छ ।

जाजरकोट क्षेत्र नं २ बाट २०४८ सालको निर्वाचनमा एमालेबाट विजयी र पछि पनि प्रत्याशी बन्नुभएका शाहीलाई आज एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले स्वागत गर्नुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले एमाले संविधान निर्माण र राष्ट्रियताको संरक्षणका लागि अगुवा शक्तिका रुपमा क्रियाशील रहेको बताउँदै सामाजिक सद्भाव खल्बल्याउने र पार्टीलाई तेजोबध गराउने षड्यन्त्रलाई चिरेर अघि बढिने बताउनुभयो ।

“केही दिन ढिलो होला तर संविधान जारी हुन्छ, यो काममा एमाले निष्ठावान् र भरोसायुक्त भएर नेतृत्व गरिरहेको छ”, उहाँले भन्नुभयो ।

उहाँले विज्ञसहितको आयोगले सीमाङ्कनबारे पछि टुङ्गो लगाउने पक्षमा एमाले रहे पनि सहमतिमा बाधक नहुन सीमाङ्कनको खाकामा सहमति जनाएको बताउनुभयो ।

नवप्रवेशी शाहीले प्रेमबहादुर सिंह नेतृत्वको जनता पार्टीमा लागेर केही समय बाटो बिराए पनि अब एमालेलाई मुलुकको पहिलो शक्ति बनाउने अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुुभयो ।

जनता पार्टीका केन्द्रीय सदस्य टीका थापासहित शाही निकट अन्य कार्यकर्ता जाजरकोट र सुर्खेतमा हुने कार्यक्रममा प्रवेश गराइने एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । रासस