९ कार्तिक २०८३, सोमबार

उपप्रधानमन्त्री सिंह र बेलायती राज्यमन्त्री स्वाइनबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

11914188_10153582334727329_1298144778_n

काठमाडौं, ११ भदौ । उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंह र बेलायती विकास राज्यमन्त्री डेसमोन्ड स्वाइनबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सिंहको कार्यकक्षमा आज भएको भेटवार्तामा संविधान निर्माण, नेपालको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा बेलायती राज्यमन्त्री स्वाइनले चासो राखेको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिनुभयो ।

भेटका क्रममा राज्यमन्त्री स्वाइनले भूकम्पपछिको नेपालको पुनःनिर्माणका सम्बन्धमा भएका गतिविधिका विषयमा समेत जानकारी लिनुभएको थियो ।

पुनःनिर्माण प्राधिकरणले सुरु गरेको कामका विषयमा पनि स्वाइनको चासो राख्नुभएको थियो । उहाँले आगामी दिनमा पनि नेपालको विकासमा सहयोग गर्ने आश्वासन दिनुभएको लामिछानेले बताउनुभयो ।

स्थानीय विकासमन्त्री सिंहले बेलायतबाट हालसम्म भएको सहयोगको सराहना गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

मन्त्री सिंहले बेलायतको सहयोगका लागि राज्यमन्त्री स्वाइनलाई धन्यावादसमेत दिनुभएको छ ।