९ कार्तिक २०८३, सोमबार

नुवाकोटमा भीषण पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nuwakot_mapनुवाकोट, ११ भदौ । बर्षाले गोस्र्यङ –२ सिरान टोल तथा सामरी–७ झर्लाङमा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु हुनाका साथै ५ जना घाइते भएका छन् ।

गोस्र्यङ –२ सिरान टोलमा घर माथिबाट शुक्रबार विहान पहिरो आई घर पुरिदा ३६ बर्षीय सोम बहादुर तामाङ र उनकी ३५ बर्षीया श्रीमती कान्छी माया तामाङको मृत्यु भएको छ ।

पहिरोमा परेर उनका छोराहरु १५ बर्षीय छिरिङ तामाङ, १३ बर्षीय अशोक तामाङ र छोरीहरु १२ बर्षीया मनमाया तामाङ र ८ बर्षीया सन्जु माया तामाङ घाइते भएका छन् ।

यसैगरी सोही ठाउँ बस्ने सुन्तरीमान तामाङको घर पहिरोले पुरिदा उनकी श्रीमती ३५ बर्षीय फुर्वुमाया तामाङ, ११ बर्षीय केशव तामाङ र ८ बर्षीय पूर्ण तामाङको मृत्यु भएको छ भने सुन्तरीमान घाइते भएका छन् ।

यसैगरी पहिरोले घर पुरिदा सामरी–७ झर्लाङ बस्ने ८० बर्षीय टेक कुमारी थापामगरको मृत्यु भएको छ । पहिरोले सोही ठाउँ बस्ने सोमबहादुर तामाङ, लाल बहादुर तामाङ र राम बहादुर कुमाई मगरसमेतको घर पुरिएर सामान्य क्षति भएको छ ।

उक्त स्थानमा स्थानीय बासिन्दाको सहयोगमा प्रहरी टोलीले उद्धार कार्य गरिरहेको छ ।