– विजय थापा
वाशिंगटन डिसी । २०७२ तीज, दशैं तथा तिहार धमाका कार्यक्रमको लागि नेपालका हास्य विधाका चर्चित हास्यकलाकार जितु नेपाल (मुन्द्रे) प्रसिद्ध लोक गायक बद्री पंगेनी तथा हास्यकलाकार तथा नृत्यांगना निरु खड्का (निर्मली) अमेरिका आई पुगेका छन् ।
तिनै कलाकारहरु न्युयोर्कको जे एफ के (जन अफ केनेडी अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण गरेका हुन् । नियमित समय भन्दा झन्डै २ घण्टा ढिलो भएको जानकारी कार्यक्रमको आयोजना गर्ने आयोजक वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिकाका संस्थापक तथा प्रमुख बुद्धी प्रसाद रेग्मीले बताए । कलाकारलाई बिमान स्थल सम्म स्वागत गर्न रेग्मी बाल्टिमोरबाट न्युयोर्क सम्म गएका थिए ।
नेपालबाट आराम साथ अमेरिका आई पुग्यौ तिनै कलाकारहरुले एक साथ भने । अब २ महिना अमेरिकामा रहेका नेपाली समुदाय तथा भुटानी समुदायसंग भेटघाट हुनेछ । अमेरिकामा व्यस्त जीवन भएता पनि व्यवस्थापन गरि अमेरिकामा बस्ने दाजुभाई, दिदीबहिनी तथा आमाबुवाले हामीलाई हौसला दिन हाम्रो कार्यक्रम हेर्न पक्कै आउनुहुनेछ भन्ने विश्वास लिएको उनीहरुले बताए ।
दोहोरी गितकि प्रख्यात गायिका शिला आले आज राति आई पुग्ने जानकारी दिइएको छ । बद्री पंगेनी र जीतु नेपालले अमेरिका पहिलो भ्रमण हो भन्दै न्युयोर्कबाट बाल्टिमोर सम्मको यात्राले उत्साहित भएको बताए । निरु खडकाको दोस्रो भ्रमण रहेको बताइन ।
अगस्त २९ देखि नोभेम्बर १ तारिख सम्म अमेरिकाका विभिन्न राज्यहरुमा प्रस्तुति हुने उक्त कार्यक्रमको आयोजना वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट एलएलसी अमेरिका तथा वर्ल्ड बिजिनेस म्यानेजमेन्ट एण्ड कन्सल्टटेन्ट नेपाल प्रालिको सयुक्त रुपमा आयोजना गरिन लागिएको हो ।
आउँदो अगस्त २९ तारिखमा हुने उद्घाटन समारोहको बिशेष आयोजना भुटानी कम्युनिटी एसोसिएसन अफ पिट्सबर्ग (बिसीएपी)ले गर्ने छ । अमेरिकामा रहेका भुटानी समुदायका ख्याती प्राप्त कलाकारहरु गायकद्वय ढकाल ब्रदर (कृष्ण तथा मनोज) प्रस्तुतिको लागि तयार भएको बताए ।
२०७२ तीज, दशैं तथा तिहार धमाका नेपाली भाषीहरुलाई मनोरंजन प्रदान गरिनुको साथै नेपाली समुदाय र भुटानी समुदायबीच सांस्कृतिक पुल बनाउने मुख्य उद्धेश्य रहेको छ । कार्यक्रमबाट संचित नाफा रकम तथा स्वैच्छिक सहयोग रकम नेपाल पुनर्निर्माण तथा भूकम्प पीडितलाई सहयोग गरिने आयोजकले बताएका छन् ।















प्रतिक्रिया