काठमाडौं, ११ भदौ । इन्टरनेशनल सर्कल फर फिजिकल्ली एण्ड मेन्टल च्यालेन्ज स्टुडेन्ट्स क्वालिटी साइकल(आईसीपीएमसीएसक्यूसी) मरिसियस देशबाट नेपालको बिशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(एसएसडीआरसी) का संचालिका युवा सामाजिक अभियन्ता सबिता उप्रेती अन्तराष्ट्रिय सम्मानबाट सम्मानित हुनु भएको छ ।
आईसीपीएमसीएसक्यूसीले दशौ बर्षमा प्रवेश गरेको अवसरमा बिभिन्न राष्ट्रको ब्यक्त्तित्वहरुलाई सम्मान गर्ने क्रममा मे २५ देखी २९ सम्म मरिसियसमा भएको सम्मान कार्यक्रममा नेपालमा बिशेष बालबालिकाहरुको क्षेत्रमा अहम भूमिका निर्वाह गरेको भन्दै विगत लामो समयदेखि अटिजम बालबालिकाहरुको सेवामा आफूलाई समर्पित गर्दै आउनु भएकी नेपाली चेली युवा सामाजिक अभियन्ता सबिता उप्रेतीलाई नेपालको तर्फबाट सम्मानित घोषित गरी उक्त सम्मान ग्रहण गर्न मरिसियस बोलाएको थियो ।
तर देशमा भूकम्पको कारण उनी सम्मान थाप्न मरिसियस जान सकिनन् । नेपालको बिभिन्न ठाउमा नेपालीहरुको दुःखमा मलम लगाउनको लागि राहत बितरण गरिरहेकाले उनी सम्मान थाप्न नगएकी हुन् ।
मरियसबाट उनले आफ्नो सम्मान कुरियर मार्फत नेपाल पठाइ मागेकी थिईन् । पुनर्स्थापना केन्द्रका बालबालिकाहरु र अभिभावकहरुबीच तीज बिशेष अनौपचारिक दर कार्यकक्रममा बालबालिकाहरुको हातबाट उप्रेतीले उक्त सम्मान ग्रहण गर्नु भएको छ ।
जस्को लागि काम गरे उतीहरुको नै हात बाट सम्मान ग्रहण गर्न पाउँदा आफू खुशी भएको कुरा सबिताले ब्यक्त गरिन ।
















प्रतिक्रिया