५ कार्तिक २०८३, बिहिबार

राष्ट्रपतिले सरकारलाई यसरी असयोग गर्दैछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran_Yadavकाठमाडौं, ११ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा सेना परिचालन नभएको र आफूले राजनीतिक तहबाटै समस्या समाधान गर्ने प्रयास जारी राखेको बताएका छन्।

राष्ट्रपति डा।रामवरण यादवसँग बिहीबारको भेटमा कोइरालाले वार्ताका लागि मधेस केन्द्रित दललाई लिखित पत्राचारसमेत गरिएको र त्यसमा आफूले सकरात्मक प्रतिक्रिया पाएको जनाएका छन् ।

त्यस क्रममा उनले आन्दोलन उठेका जिल्लामा हिंसा भडकन नदिन सेना सहयोगी भूमिकामा मात्र रहेको बताएको समाचार कान्तिपुर दैनिकले छापेको छ । ‘सुरक्षा निकायको कमाण्ड प्रमुख जिल्ला अधिकारीले नै गरेका छन् । सेना परिचालन भएको होइन’, कोइरालाको भनाई थियो ।

गृहमन्त्री वामदेव गौतमले संसदमा बोल्ने क्रममा सेना परिचालन भन्ने शब्द प्रयोग भएको प्रसङ्ग राख्दै राष्ट्रपति यादवले त्यसबारे चासो राखेका थिए ।

राष्ट्रपतिको भनाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘सेना परिचालन हो कि होइन ? गृहमन्त्रीज्यूले बोलेका कुराले अन्योल ल्याएको छ । सेना परिचालन नै हो भने संवैधानिक प्रावधान र प्रक्रिया उल्लघंन भएको देखिन्छ ।’

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार प्रमुख जिल्ला अधिकारीको कमाण्ड हुने गरी सरकारले सेनाको सहयोग लिएको कोइरालाले जवाफ दिएका थिए ।

‘समस्या भएका ठाउमा सेनालाई खटाइएको हो । तर, सेनाको कमाण्ड होइन’, कोइरालाको जवाफ उद्धृत गर्दै दाहालले भने ।

सेना परिचालनबारे अन्तरिम संविधानमा बेग्लै व्यवस्था छ । राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा मन्त्रिपरिषदले निर्णय गरी राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र सेना परिचालन हुने संवैधानिक प्रावधान छ ।

भेटघाटमा राष्ट्रपति यादवले आन्दोलनरत दलहरुलाई वार्ताका लागि कोइरालाले गरेको पहलप्रति खुशी व्यक्त गरेका थिए ।

‘वार्ताबाटै अहिले देखिएका समस्या समाधन गर्नुपर्छ । तपाहरुले लिखित रुपमै बोलाएर राम्रो गर्नुभएको छ’, यादवले प्रधानमन्त्री कोइरालालाई भनेका थिए ।