९ कार्तिक २०८३, सोमबार

कैलाली आन्दोलन रोक्न केन्द्रीयस्तरकै मधेसी नेताले सम्बोधन गर्नुपर्छ : पाठक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौँ, १० भदौ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले कैलालीमा भइरहेको आन्दोलन रोक्नका लागि केन्द्रीय स्तरका रहेका मधेसी नेताले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

कैलालीमा सोमबार भएको आन्दोलनको अनुगमन गर्न आयोगका सदस्य पाठकको संयोजकत्वमा पाँच सदस्यीय टोली बुधबार सो ठाउँमा पुगेको थियो । पाठकले रासससँग टेलिफोनमा कुरा गर्दै कैलालीको समस्या समाधानका लागि केन्द्रीयस्तरका मधेसी नेताले उक्त घटनालाई सम्बोधन गर्नुपर्ने आवश्यकता भएको आफूले अनुगमनपछि पाएको बताउनुभयो ।

कैलालीमा निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र अहिले पनि कायमै रहेको बताउँदै भन्नुभयो, “त्यहाँका स्थानीयवासीलाई केही भइहाल्छ कि भन्ने मनोवैज्ञानिक त्रास अहिले पनि कायम छ, एक आपसमा विश्वास जगाउने कामका लागि केन्द्रीयस्तरबाटै मधेसी दलका नेताले सम्बोधन गर्नुपर्छ ।”

स्थानीयवासी ‘उकुसमुकुस’को अवस्थामा बसिरहेको र खानेकुरा समेत सकिन लागेकाले पनि चिन्तामा भएको आफूले पाएको पाठकले बताउनुभयो ।

आयोगबाट सद्भाव कायम गराउने र घटनाको यथार्थ अनुसन्धान गर्न भनी उद्देश्य लिएर कैलाली आएको बताउँदै उहाँले स्थानीय बासिन्दा र घटनामा ज्यान गएको बालकका परिवारसँग समेत गरिएको समेत जानकारी दिनुभयो ।

“थारुले पहाडीलाई र पहाडीले थारुलाई रिसराग नगरुन् भन्ने उद्देश्यले हामीले कार्य अगाडि बढाएका हौँ, घटनाको तथ्यका बारेमा पनि अनुसन्धान गरिरहेका छौँ”–उहाँले भन्नुभयो ।

सोमबार कैलालीमा थरुहट प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । रासस