९ कार्तिक २०८३, सोमबार

होटल सञ्चालिका पनि यौन धन्दामा, प्रहरीले यसरी समात्यो रंगेहात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-00

धरान, १० भदौ । पछिल्लो समय यौनकर्मीका लागि गन्तव्य बन्दै गएको पूर्वाञ्चलमा धमाधम यौनकर्मी महिला तथा होटल सञ्चालिका रंगेहात समातिन थालेका छन् ।

भूकम्पपछि काठमाडौंका यौनकर्मी पूर्वाञ्चलतिर आएको सुइको पाएपछि प्रहरीले होटल होटलमा आफै ग्राहक बनेर छापा हान्ने कार्यलाई तिब्र बनाएको हो । यसैक्रममा विहीबार प्रहरीले सुनसरीको इटहरीस्थित एक होटलबाट यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकासहित दुई जोडीलाई रंगेहात पक्राउ गरेको छ ।

यौनजन्य क्रियाकलापमा संलग्न इटहरी नगरपालिका-५ स्थित सपना होटलकी सञ्चालिका सपना श्रेष्ठसहित चार जनालाई इलाका प्रहरी कार्यालय इटहरीले होटलबाट रंगेहात पक्राउ गरी सार्वजनिक मुद्दा लगाएर कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीले विशेष सुराकीको आधारमा होटलहरुमा छापा मार्ने क्रममा दुई युवती तथा दुई पुरुषलाई यौनक्रिडामा गरिरहेका अवस्थामा भेट्टाएको थियो । त्यसपछि होटल सञ्चालिकासहित पाँचै जनालाई प्रहरीले समातेर चौकीमा लगेको थियो ।