काठमाडौं, १० भदौ । हिंसात्मक झडप भएको तीन दिनपछि कैलालीको टीकापुरमा विहीबार फेरि झडप भएको छ ।
टीकापुर स्थित कफ्र्यु लगाइएको स्थान दुगौलीमा जबरजस्ती प्रवेश गरेका व्यक्तिहरुलाई प्रवेश नगर्न आग्रह गर्दासमेत नमानी प्रहरीलाई ढुङ्गामुढा गर्दा सशस्त्र प्रहरी बलका २ जना सामान्य घाइते भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
झडपका क्रममा सुगुरखाल-२ बस्ने २२ वर्षीय जगत देवकोटा सशस्त्र प्रहरीको गोली लागेर घाइते भएका छन् । गम्भीर घाइते देवकोटालाई स्थानीय अस्पतालमा उपचार पश्चात थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ । उनीसँगै रहेका दुर्गौलीका १६ वर्षीय डिल्लीराज जोशीलाई केही भएको छैन् ।
यसअघि गत सोमबार कैलालीको टीकापुरमा प्रहरी र थरुहट प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीका एसएसपीसहित ९ जनाको मृत्यु भएको थियो ।















प्रतिक्रिया