९ कार्तिक २०८३, सोमबार

कांग्रेस नेता पौडेलको हत्यामा संलग्न आरोपित सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramji_poudel_695539282कास्की, १० भदौ । नेपाली काँग्रेसका स्थानीय नेता रामजी पौडेल बादलको हत्याका आरोपी चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न रहेको भन्दै कास्की जिल्ला लेखनाथ नगरपालिका–१६ का ३० वर्षीय राजु रानाभाट, वडा नंं. १३ तल्लो गगनगौडाका ३० वर्षीय प्रकाश गुरुङ, वडा नं. १४ सातमुहानेका २० वर्षीय बले भन्ने अशोक गुरुङ, र वडा नं. १२ का २५ वर्षीय विश्वास गौतमलाई प्रहरीले सार्वजनिक गरेको हो । हत्यामा संलग्न भनिएका अर्का आरोपी लेखनाथ नगरपालिका–१२ का २४ वर्षीय रविन केसी भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूलाई लुकानमा सहयोग गरेको भन्दै तनहुँ शुक्लागण्डकी नगरपालिका–३ दुलेगौडाका चन्द्रबहादुर थापा मगर, नवलपरासीका भरत पौडेल र मीनबहादुर घेल, स्याङ्जा विचारी चौतारा गाविस– ७ का रविन क्षेत्री र कपिलबस्तु घर भई हाल रुपन्देही बस्ने वीरेन्द्रकुमार रानामगरलाई पनि पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।

गत साउन २८ गते लेखनाथ नगरपालिकाको गगनगौडामा पौडेलको हत्या गरिएको थियो । पौडेलको हत्या भएको १५ दिनपछि प्रहरीले हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । पार्टीभित्रको झगडा मिलाउन सक्रिय रहेका पौडेलको हत्याका क्रममा दुई कार्यकर्ताहरू मनोज गुरुङ र नारायणहरि तिवारीसमेत घाइते भएका थिए । रासस