९ कार्तिक २०८३, सोमबार

टीकापुर घटनाका दोषीलाई सरकारले खोजीखोजी कारवाही गर्छ : सञ्चारमन्त्री रिजाल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendra

काठमाडौँ, १० भदौ । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले टीकापुरमा भएको घटना अमानवीय तथा जघन्य अपराध भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्रियामा मन्त्री रिजालले हिंसाले थप हिंसा र प्रतिहिंसाको जन्म दिने हुँदा त्यसलाई मुलुकले थेग्न नसक्ने धारणा राख्नुभयो ।

उहाँले हिंसाको अन्त्य नभई राजनीतिक असन्तुष्टिलाई सम्बोधन गर्न नसकिने स्पष्ट पार्दै साम्प्रदायिक दङ्गा भडकाउने काम कुनै पनि जाति तथा समुदायले गरे त्यो अक्षम्य र दण्डनीय हुने त्यसलाई सरकारले कुनै पनि हालतमा नसहने उल्लेख गर्नु भयो ।

उहाँले प्रधानमन्त्रीले असन्तुष्ट पक्षलाई वार्ताको लागि आग्रह गरिसकेको अहिलेको अवस्थामा असन्तुष्ट पक्ष वार्तामा आई समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आन्दोलनरत पक्षले कडा माग राख्ने तथा अनावश्यक अडान गर्न नहुने बताउनुभयो ।

मन्त्री रिजालले संविधान निर्माणको काम अन्तिमचरणमा पुगेको बेला सैद्धान्तिक छलफल र त्यसपछि संसोधनमा समेत छलफल हुने भएकोले असन्तुष्ट पक्षका माग सम्बोधन हुने विश्वास ब्यक्त गर्नु भयो ।

उहाँले सरकार सरकार शान्ति सुरक्षा कायम गर्न पछि नपर्ने बताउँदै संविधान जारी नहुने अहिलेसम्म कुनै आधार नदेखिएको र आपूmहरु पनि छिटो संविधान जारी गर्न लागि परेकाले यही भदौ महिनाभित्र संविधान जारी हुने जानकारी दिनुभयो ।

मन्त्री रिजालले प्रकृया पु¥याएर स्थापना भएका कुनै पनि सञ्चारमाध्यमलाई बन्देज नगरिने बताउँदै सञ्चार माध्यम तथा सञ्चारकर्मीले मुलुकको समसामयिक परिस्थितिमा संवेदनशील भइ सूचना प्रवाह गर्नुपर्ने सुझाव दिनुभयो । रासस