९ कार्तिक २०८३, सोमबार

दैलेखमा १३ औँ दिनको सगुन खाँदा दुई सय बढी मलामी बिरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १० भदौ । दैलेख जिल्लामा १३ औँ दिनको पुण्यतिथीमा पिपल पानी हाली सगुन (काट्टो) खाएका २ सय ५० जना स्थानीय बिरामी परेक छन् ।

स्थानीयले १३ औँ दिनको पुन्यतिथिका अवसरमा तयार पारिएको सगुनका रुपमा हलवा, पुरी र तरकारी खाएका थिए । जगनाथ गाविस–५, ६, ७, ८ र ९ का करिव २ सय ५० जनाले बुधबार खानेकुरा खाएका हुन् ।

जगनाथ–८ बस्ने कृष्णराज के.सी.को १३ औं पुण्यतिथिको अवसरमा पिपल पानी हाली सगुन (हलुवा ,पुरी, तरकारी आदि) खाए पश्चात फूड पोइजन भई केही मानिसहरू बिरामी भएको प्रहरी भनाइ छ ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र जिल्ला स्वास्थ्य कार्यालय दैलेखबाट चिकित्सकसहित आवश्यक औषधि लिई टोली त्यसतर्फ खटि गएको छ ।