बर्दिया, १० भदौ । बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बर्दियाको बबई नदीमा एउटा वयस्क
जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।
बबई पुल देखि करिव ५०० मिटर तल आज विहान बबई नदी किनारमा जंगली हात्ती
मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
बबई नदी अन्तर्गत बबई नहरको मुल च्यानल गेटमा फंसेर हात्तीको ज्यान गएको अनुमान गरिएपनि पोस्टमार्टम गरेपछि मात्र कसरी मृत्यु भएको भन्न सकिने निकुञ्जले जनाएको छ ।















प्रतिक्रिया