९ कार्तिक २०८३, सोमबार

महाराजाको वायुघट्ट भत्किने अवस्थामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pani-ghatta– विश्व आचार्य
जाजरकोट, १० भदौ । जाजरकोटमा परापूर्वकालका महाराजाको वायुघट्ट जीर्ण बनेको छ ।

जक्तिशन महाराजाको पालादेखि सञ्चालनमा आएको जागतिपुर–१ मा रहेको वायुघट्ट जीर्ण बन्दै गएको हो । मध्य पहाडी लोकमार्गको सडकखण्ड पनि घट्ट छेउ भएर वायुघट्ट झन जोखिममा परेको हो ।

वाईसे चौबिसे राज्यको पाला भन्दा पहिले यो घट्टको निर्माण भएको पाईन्छ । यो घट्ट नजिकै जक्तिशन महाराजा आउदा उहाँको शक्तिले आफै चल्थ्यो भन्ने बुढापाकाहरुको भनाई छ ।

अझै पनि कुनै राजनीतिक दल सरकारी गैरसरकारी कार्यालयले चासो देखाएपछि पुनःनिर्माण हुनसक्छ तर अहिलेसम्म कुनै पनि निकायले मर्मत सम्भारका लागि चाँसो नदेखाएको स्थानीयले गुनासो गरेका छन् ।