२३ कार्तिक २०८३, सोमबार

कांग्रेससँगको राजनीतिक भागबन्डा मिलाउन एमालेले कार्यदल बनायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-meetingकाठमाडौ, १० भदौ । दोस्रो ठूलो सत्तारुढ दल नेकपा (एमाले)ले संविधान निर्माणको प्रक्रियामा समाजका विभिन्न पक्षहरूबाट गुनासो, असन्तुष्टि र मागहरू प्रकट हुनुलाई स्वाभाविक विषय ठहर गर्दै मागलाई संविधान निर्माणको क्रममा सम्वोधन गर्न अधिकतम प्रयाश गर्ने निष्कर्ष निकालेको छ ।

संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको स्थायी समिति बैठकपछि जारी विज्ञप्तिमा एमालेले आन्दोलनरत विभिन्न पक्षहरूलाई आफ्ना माग र असन्तुष्टिलाई शान्तिपूर्ण रूपबाट प्रस्तुत गर्न पनि आग्रह गरेको छ ।

‘संविधान बन्न नदिने तत्वहरूले अनुचित लाभ उठाउन एवं गलत दिशा दिन नपाउन् भनेर सजग हुन र वार्ताको माध्यमबाट समाधान खोज्न पुनः आह्वान गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘देशका विभिन्न भागमा सामाजिक सद्भाव बिथोल्न, जनताबीचका एकतालाई कमजोर गर्न र हिंसा फैलाउन भइरहेका प्रयाशप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

एमालेले स्थानीय पार्टी कमिटी, सबै नेता–कार्यकर्ता एवं लोकतन्त्रका पक्षधर सबै दल तथा पक्षलाई संविधान निर्माण र सामाजिक सद्भावलाई सुदृढ गर्न संयुक्त पहलकदमीका लागि आह्वान पनि गरेको छ ।

शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीहरूले गरेको प्रयाशप्रति सराहना व्यक्त गरेको एमालेले अझ दृढ भएर कत्र्तव्य पालनाका लागि सुरक्षाकर्मीसँग आह्वान गरेको छ ।

एमालेले विश्वविद्यालयलगायत मुख्य राजनीतिक नियुक्तिमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसबाट भइरहेका एकपक्षीय निर्णयहरू संयुक्त सरकारको आचारसंहिता र सहकार्यको संस्कृति अनुरूप नरहेको ठहर गरेको छ । यसबारेमा गम्भीर छलफल गरी आवश्यक निर्णयमा पुग्न पार्टीका नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल समेत बनाएको एमालेले जनाएको छ ।

कार्यदलमा उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल तथा सचिव भीम आचार्य रहेका छन् ।