३० आश्विन २०८३, शुक्रबार

सोल्टीलाई हङकङमा सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

grg solti bimochannहङकङ । खोटाङ समाज हङकङले आयोजना गरेको खोटाङ हलेसी साँझ तेस्रोमा सहभागी भएका कमेडी गायक तथा कलाकार गुरूङ सोल्टीलाई हङकङमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् ।

हङकङ तरहरा (हाँसपोसा) मञ्चका अध्यक्ष काल सिं राई, सचिव किरण तामाङ तथा प्रमुख अतिथी एनआरएन एशियाका संयोजक गंगाराज राई तथा विशेष अतिथी एनआरएन हङकङका अध्यक्ष ललित सुब्बा लगयातले सोल्टीलाई पूmलबारी क्लबमा सम्मान गर्दै उनको नयाँ एल्बम देशको विमोचन गरे । त्यस्तै, छुट्टै कार्यक्रममा खोटाङ गुरूङ समाज, ठमेल क्लब र ब्ल्याक पिग प्रोड्क्शनले सोल्टीलाई सम्मान ग¥र्यो ।

गत वर्ष किराँत राई यायोक्खा, हङकङले गरेको यलम्बर नाईट पाँचौंमा समेत सहभागि भएका सोल्टीको हङकङमा यो दोस्रो साँगीतिक कार्यक्रम हो । सम्मानित हुदाँ गर्व महशुष भएको बताउदै सोल्टीले कलाकारिता र साँगीतिक क्षेत्रबाट आप्mनो क्षेत्र, समुदाय र देशको लागि थप योगदान गर्ने बताए ।